संविधान संशोधन

‘अहिले संविधान संशोधन हुँदैन’ : सभामुख घिमिरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ११, शुक्रबार (१० महिना अघि)
  • ७८ पटक पढिएको
‘अहिले संविधान संशोधन हुँदैन’ : सभामुख घिमिरे

साउन ११, हेटौंडा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयताले आर्थिक भार बढाएको भन्दै नकारात्मक टिकाटिप्णी भएकोले संविधान संशोधनको बहस चलेको बताएका छ्न् ।

हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने आफुलाई लागेको बताए । तर बहस भएजस्तो तुरुन्तै संविधान संशोधन भैहाल्ने अवस्था नरहेको उनको भनाई थियो ।

युवा जनशक्तिलाई देशले सहि तरिकाले प्रयोग गर्न सके देशको समग्र विकासमा सकारात्मक प्रभाव पर्न सक्ने उनले बताए । युवाको उर्जालाई राज्यले सहि ठाउँमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले वैदेशिक रोजगारीका कारण देशका धेरै विश्वविद्यालय, कलेजहरू खाली हुँदै जाने खतरा बढेको प्रती चिन्ता व्यक्त गरे ।

#संविधान संशोधन

ताजा अपडेट

खोजी गर्नुहोस