मौसम पूर्वानुमान

लगातारको वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २२, मंगलबार (९ महिना अघि)
  • ९४ पटक पढिएको
लगातारको वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह

साउन २२, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी बसुपूर्व, नवलपरासी बसु पश्‍चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै, महाशाखाले काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र यो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

# मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस