हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (९ महिना अघि)
  • ९५ पटक पढिएको
हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन

साउन २३,काठमाडौँ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् ।

हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस