विदेशी पक्राउ

त्रिभुवन विमानस्थलबाट ६ किलो कोकिनसहित एक विदेशी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २४, बिहिबार (९ महिना अघि)
  • ७९ पटक पढिएको
त्रिभुवन विमानस्थलबाट ६ किलो कोकिनसहित एक विदेशी पक्राउ

साउन २४, काठमाण्डौँ । प्रहरीले छ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बुधबार पक्राउ परेका उनीमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#विदेशी पक्राउ

ताजा अपडेट

खोजी गर्नुहोस