मनसुनी वायु

आज देशैभर भारी वर्षाको सम्भावना, कहाँ-कहाँ पर्दै छ पानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २५, शुक्रबार (९ महिना अघि)
  • ७० पटक पढिएको
आज देशैभर भारी वर्षाको सम्भावना, कहाँ-कहाँ पर्दै छ पानी ?

साउन २५, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती देशभर आँशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

# मनसुनी वायु

 

ताजा अपडेट

खोजी गर्नुहोस