साउन २५, काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा तीन हजार ३५६ उजुरी र आव २०८०र८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
विभागका अनुसार आव २०७९र८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ उजुरी दर्ता भएका थिए । आव २०७८र७९ मा वैदेशिक रोजगारी ठगीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार ७४२ वटा थिए । तीन आवको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो आव २०८०र८१ मा सात हजार ७६३ उजुरी दर्ता भएका छन् । यो हेर्दा उजुरी गर्ने उच्च दरमा बढेको स्पष्ट हुन्छ ।
वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाको मात्रै फस्र्योट भएको छ । विभागका अनुसार गत आव २०८०र८१ सात हजार ७६३ उजुरी दर्ता भएका छन् । जसमध्ये तीन हजार ८३७ फस्र्योट गराउँदा ३० करोड ९३ लाख ८९ हजार ५१२ बराबरको रकम क्षतिपूर्ति भराएको हो ।