कानुन संसोधन

सरकारले जर्बजस्ती करणी मुद्धा सबन्धी कानुन संसोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २६, शनिबार (९ महिना अघि)
  • ८९ पटक पढिएको
सरकारले जर्बजस्ती करणी मुद्धा सबन्धी कानुन संसोधन गर्ने

साउन २६, काठमाडौँ । मुख्यतयाः बलात्कारमा मुद्धामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ ।

१८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने जानकारी दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बालसुधार गृह र कारागारमा बढी रहेको बताए पछि सरकारले कानुन परिवर्तन गरेर जर्वजस्ती करणीको मुदालाइ बर्गिकरण गर्नु पर्नेमा जोड गरेका थिए ।

#कानुन संसोधन

ताजा अपडेट

खोजी गर्नुहोस