पहिरोले टहरामा बसेका एकै परिवारका ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३, सोमबार (८ महिना अघि)
  • ४६ पटक पढिएको
पहिरोले टहरामा बसेका एकै परिवारका ३ जनाको मृत्यु

भाद्र ३,काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार अस्थायी टहरोमा पहिरो खसेको जानकारी प्रहरीले आज बिहान ७ः५० बजे पाएको थियो । त्यसपछि इन्सपेक्टर माधव प्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको थियो । प्रहरी टोली बिहान नौ बजे घटनास्थल पुगेर शव बाहिर निकालेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस