ओपिडी सेवा

सार्वजनिक बिदामा पनि ओपिडी सेवा दिन स्वास्थ्य संस्थालाई मन्त्रालयको पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (८ महिना अघि)
  • ११६ पटक पढिएको
सार्वजनिक बिदामा पनि ओपिडी सेवा दिन स्वास्थ्य संस्थालाई मन्त्रालयको पत्र

भाद्र १८, काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि बहिरंग (ओपीडी) सेवा संचालन गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएको हो।

१६ भदौंमा स्वास्थ्य मन्त्रालयले  निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो।

यसअघि ७ भदौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

#ओपिडी सेवा

ताजा अपडेट

खोजी गर्नुहोस