अर्थतन्त्रबारे समग्र अध्ययन गर्न खनालको नेतृत्वमा आयोग गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २२, मंगलबार (९ महिना अघि)
  • १०१ पटक पढिएको
अर्थतन्त्रबारे समग्र अध्ययन गर्न खनालको नेतृत्वमा आयोग गठन

असोज २२,काठमाडौँ । सरकारले मुलुकको पछिल्लो अर्थतन्त्रबारे समग्र अध्ययन गर्न आयोग गठन गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन पेश गर्न पूर्वअर्थ सचिव रामेश्वर खनालको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको हो।

आयोग पाँच सदस्यीय हुने सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाशकुमार श्रेष्ठ, अर्थविद् विश्वास गौचन र कल्पना खनाल तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख रामप्रसाद ज्ञवाली छन्।

ताजा अपडेट

खोजी गर्नुहोस