पुस,काठमाडौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले राजेन्द्र अर्यालकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको अध्यक्ष, महिला उपाध्यक्ष र आदिवासी जनजाति खुला सदस्यमा बाहेक सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतिबाट चयन गरिएको हो ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा १३३ मत प्राप्त गरी राजेन्द्र अर्याल विजयी भएको निर्वाचन समितिका दिलराज खनालले जानकारी भए । । उनका प्रतिस्पर्धी इन्द्र बहादुर तामाङले २६ मत प्राप्त गरेका थिए। यस्तै महिला उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा बिष्णु माया रानाले १०१ मत प्राप्त गरी विजयी भइन् ।
उनको निकटतम प्रतिस्पर्धी चुन कुमारी चौधरीले ५६ मत प्राप्त गरिन् । आदिवासी जनजाति खुला सदस्य पदमा भने शेर बहादुर घर्ती मगर निर्वाचित भए । उनले ८३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु चन्द्रदेवी तामाङले ३६ मत र भीषण थकालीले ३५ मत प्राप्त गरे।
नयाँ पदाधिकारीमा को-को निर्वाचित भए ?
अध्यक्ष: राजेन्द्र अर्याल
बरिष्ठ उपाध्यक्ष: दुर्गा चापागाई
उपाध्यक्ष महिला: बिष्णु माया राना
उपाध्यक्ष: गौतम बुद्ध लामा
उपाध्यक्ष: जनक गिरी
महासचिव: राम बहादुर घिमिरे
उप महासचिव: शेर बहादुर शाही
कोषाध्यक्ष: सावित्रा रेग्मी