अब छिट्टै नयाँ पर्यटन नीति आउने

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८१ पौष १६, मंगलबार (४ महिना अघि)
  • ५६ पटक पढिएको
अब छिट्टै नयाँ पर्यटन नीति आउने

पौष १६, काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए ।

नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पाण्डले यस्तो बताएका हुन् । उनले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए ।

उहाँले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी पीपीपीको अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस