स्वर्णलक्ष्मीको रकम अपचलन: पुष्पराज पुरुषसँग ४० लाख बिगो मागदाबी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २२, सोमबार (४ महिना अघि)
  • ८२ पटक पढिएको
स्वर्णलक्ष्मीको रकम अपचलन: पुष्पराज पुरुषसँग ४० लाख बिगो मागदाबी

पुस २२,काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषलाई पनि प्रतिवादी बनाइएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पुष्पराज पौडेल ‘पुरुष’सँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।

गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम ४० लाख ७ हजार ७२३ रुपैयाँ पौडेलका नाममा बिगो कायम गरिएको हो । प्रतिवादीहरू शिव प्रसाद पौडेल र वीर बहादुर रानाभाटसँग पनि सोही बिगो मागदाबी गरिएको छ ।

पुष्पराज पौडेल सुपर सिटी इन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका शेयरधनी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस