प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष २२, सोमबार (४ महिना अघि)
  • ६४ पटक पढिएको
प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

पौष २२, काठमाण्डौँ ।  माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो।

प्रतियोगितामा ७ प्रदेशसहित दुई विभागीय त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बल (एपिएफ) सहभागिता जनाएका छन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। ग्रुप १ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन्। ग्रुप २ मा कोशी, बागमती, मधेश प्रदेश र आर्मी छन्। पहिलो खेल माघ १ गते सुदुरपश्चिम र गण्डकी प्रदेशबिच हुनेछ।

सोही दिन दोस्रो खेल कर्णाली र एपिएफबिच प्रतिष्पर्धा हुनेछ। ग्रुपको शीर्ष दुई टोलीले सुपर ४ खेल्नेछन्। सुपर ४ को शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइलन खेल माघ १२ गते हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस