वैशाख १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो तथा पाउन्डलगायतका विदेशी मुद्राको भाउ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । हिजो १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा थियो ।
यस्तै युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा कायम भएको छ । हिजो युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा थियो ।
यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८० रुपैयाँ २७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०८ पैसा तोकिएको छ । हिजो युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा थियो । स्विस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४४२ रुपैयाँ २१ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुयैयाँ ३७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ ।
भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।