नेपाली जुडो टोली भुटान प्रस्थान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २३, मंगलबार (८ घण्टा अघि)
  • ६६ पटक पढिएको
नेपाली जुडो टोली भुटान प्रस्थान

वैशाख २३, काठमाडौं । पहिलो दक्षिण एसियाली युथ जुडो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज भुटानको थिम्पु प्रस्थान गरेको छ ।

६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले आज एक कार्यक्रमकाबीच बिदाइ गरेका छन् ।

भोली देखि सुरु हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्रका दुई पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४० केजीमुनिमा विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनिमा जुविन महर्जन तथा ३६ केजीमुनिमा साइमन तामाङले खेल्ने छन् ।

यस्तै महिला ५७ केजीमुनिमा श्रष्टा नापित तथा ३६ केजीमुनिमा जेनिशा वाइबाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका आठ टोलीको सहभागिता रहने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस