स्थानीय सरकार पनि राज्यको ढुकुटी रित्याउनमै उद्दत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २३, मंगलबार (५ घण्टा अघि)
  • ५५ पटक पढिएको
स्थानीय सरकार पनि राज्यको ढुकुटी रित्याउनमै उद्दत

वैशाख २३, काठमाडौं । संघीयदेखि स्थानीय सरकार राज्यको ढुकुटी रित्याउन विभिन्न नामका दिवस मनाउन खर्च गरिरहेका छन् ।

बैशाख ११ गते लोकतन्त्र दिवस मनाएको संघीय सरकारको सिको गर्दै प्रदेश सरकार गणतन्त्र दिवसको झिलीमिलीतिर लागेका छन् । जनताको जीवनस्तर उकास्ने नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने जिम्मेवारीमा रहेको सरकार दिवसका नाममा लाखौं खर्च गर्न उद्धत भइरहेको छ ।

कोशी प्रदेश सरकारले मंगलबार आगामी जेठ १४, १५ र १६ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउने र नागरिकहरुको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउने निर्णय नै गरेको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारले दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

प्रदेश सरकारले कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तर्क्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, सरसफाइ गर्ने, प्रभातफेरी गर्ने, अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस