च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलान र पीएसजी भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २५, बिहिबार (१४ घण्टा अघि)
  • ६६ पटक पढिएको
च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलान र पीएसजी भिड्ने

वैशाख २५, काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलान र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्ने भएका छन् ।

गएराति घरेलु मैदानमा भएको खेलमा इंग्लिस टोली आर्सनललाई २–१ ले हराएर पीएसजीले समग्रमा ३–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पीएसजीको लागि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने मौका छ । एकपटक मात्रै फाइनलमा पुगेको पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिगको ट्रफी जित्न सकेको छैन

यसअघि इन्टरले बार्सिलोनालाई हराएर उपाधि नजिक पुगेको हो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन १ तारिखमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस