ट्रेडमार्क चोरीमा छ नेपाली कम्पनीविरुद्ध उजुरी, सबुद-प्रमाण दिन निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २५, बिहिबार (१२ घण्टा अघि)
  • ७६ पटक पढिएको
ट्रेडमार्क चोरीमा छ नेपाली कम्पनीविरुद्ध उजुरी, सबुद-प्रमाण दिन निर्देशन

वैशाख २५, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले ट्रेडमार्क चोरीमा उजुरी परेका छ उद्योग/कम्पनीहरूलाई सबुद-प्रमाणसहित सात दिनभित्र लिखित प्रतिक्रिया पेश गर्न निर्देशन दिएको छ ।

यसअघि छ कम्पनीहरूले ट्रेडमार्क दाबीको विरोध गर्दै विभागमा उजुरी दिएका थिए । ती उजुरीमाथि छानबिन गर्न विभागले उजुर परेका सम्बन्धित कम्पनीलाई लिखित प्रक्रिया पेश गर्न भन्दै सातदिने सूचना पनि पठाएको थियो । तर हालसम्म पनि कुनै प्रतिक्रिया नआएपछि विभागले पुनः एकपटक सम्पर्कमा आउन भनेको हो ।

ट्रेडमार्कविरुद्धको उजुरी खेप्नेमा यती ब्रुअरी, सम्राट सिमेन्ट कम्पनी, एमजीएम कम्पनी, गोपाल एन प्रोडक्ट्स, अभिनस डिष्टिलरी र एभरेष्ट हर्ब प्रोसेसिङ कम्पनी रहेका छन् । गोपाल एन प्रोड्क्टसविरुद्ध भने एउटै कम्पनीले दुईवटा ट्रेडमार्क दाबी विरोधको उजुरी हालेको छ ।

यती ब्रुअरीविरुद्ध मेक्सिकोस्थित कर्भेकेरिया मोडेलो डि मेक्सिको, सम्राट सिमेन्टविरुद्ध अष्ट्रेलियाको क्रोन मेलबर्न लिमिटेड, एमजीएम कम्पनी प्रालिविरुद्ध अमेरिकाको एमजीएम रिसोर्ट इन्टरनेसनल, गोपाल एन प्रोडक्ट्सविरुद्ध स्विडेनस्थित ओट्ली एबी, अभिनस डिष्टिलरीविरुद्ध युकेस्थित कस्मेटिक वरियर्स र एभरेष्ट हर्ब प्रोसेसिङ कम्पनीविरुद्ध फ्रान्सस्थित ब्युरो नेशनल इन्टरप्रोफेशनलले उजुरी दिएका हुन् ।

साथै, तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया नआएमा उजुरी परेका कम्पनीको उजुरबाजुर पनि नलाग्ने विभागले स्मरण गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस