आज यी स्थानमा हुनेछ वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २६, शुक्रबार (१७ घण्टा अघि)
  • ५० पटक पढिएको
आज यी स्थानमा हुनेछ वर्षा

वैशाख २६, काठमाडौं । हाल देशमा चार किसिमको मौसमी वायु रहेको छ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस