विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रेको नेपाल हङकङसँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २६, शुक्रबार (१७ घण्टा अघि)
  • ६६ पटक पढिएको
विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रेको नेपाल हङकङसँग खेल्दै

वैशाख २६, काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । विश्वकप खेल्ने लक्ष्यसहित मैदान उत्रेको नेपाली टोलीको खेल बिहान सवा ८ बजे थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ ।

एसिया छनोटमा घरेलु टोलीसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन् । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह सी मा बहराइन र हङकङ छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशक पुग्न लाग्दा पनि नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना पूरा हुन सकेको छैन । महिला टोलीको अहिलेसम्मको उच्च सफलता नै दक्षिण एसियाली खेलकुद सागको कास्य जित्नु मात्र रहेको छ ।

सन् २०१६ देखि ट्वेन्टी टवेन्टी विश्वकप छनोटमा सहभागी हुँदै आएको नेपाल गत संस्करण एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

आईसिसी महिला टी-ट्वेन्टी वरियतामा नेपाल २१ र हङकङ २२ औं स्थानमा रहँदा बहराइन ७३ औं स्थानमा छ । टी-ट्वेन्टीमा नेपाल र हङकङबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले ५ जित निकाल्दा हङकङले ४ खेल जितेको छ ।

यस पटक ३ वटै हरेक समूहका टोलीले एक आपसमा दुई खेल खेले पछि ३ वटै समूहका शीर्ष टोली सुपर थ्रीमा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ ।

छनोट खेलका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली रहेको छ । टोलीमा उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस