मौसमः चट्याङसहित हल्का वर्षा र हावाहुरीको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २९, सोमबार (१३ घण्टा अघि)
  • ५५ पटक पढिएको
मौसमः चट्याङसहित हल्का वर्षा र हावाहुरीको सम्भावना

वैशाख २९, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मधेश, लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस