राजस्थानले चेन्नईलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ७, बुधबार (१५ घण्टा अघि)
  • ४४ पटक पढिएको
राजस्थानले चेन्नईलाई हरायो

जेठ ७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ । जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवाल ३६ रन बनाए । वैभव सूर्यवंशीले सर्वाधिक ५७ रनको योगदान दिए । कप्तान सञ्जु सामसनले ४१, धुर्व जुरेलले ३१ र सिम्रोन हेटमेरले १२ रन बनाए ।

चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए ।

त्यसअघि अरुण जैटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदैै १ सय ८७ रन बनाएको थियो ।

चेन्नईका डेभोन कोनवे १० रन, आयुष महात्रे ४३ रन, डिवाल्ड ब्रेभिसले ४२ रन जोडे । यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए ।

राजस्थान आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए ।

लिग चरणबाट बाहिरिसकेका यी टोली राजस्थान ८ अंकसहित नवौं स्थानमा छ । चेन्नई ६ अंकका साथ तालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस