आईपीएल: मुम्बई प्लेअफमा पुग्ने चौथो टोली बन्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ८, बिहिबार (१० घण्टा अघि)
  • ३९ पटक पढिएको
आईपीएल: मुम्बई प्लेअफमा पुग्ने चौथो टोली बन्यो

जेठ ८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउँदै प्लेअफमा पुगेको हो ।

मुम्बईले जीतको लागि दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा बलमा १ सय २१ रनमा अल आउट भयो । दिल्लीका समीर रिझवीले सर्वाधिक ३९ रन बनाए । केएल राहुलले ११, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोडे भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका मिचेल स्यान्टनर र जसप्रति बुमराहले समान ३ विकेट लिए ।

त्यसअघि टस हारेको मुम्बईले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ७३ रन बनाए ।
तिलक बर्माले २७, रायन रिकिल्टनले २५, रोहित शर्माले‌ ५, कप्तान हार्दिक पाण्डेयले ३ तथा नमन धिरले नटआउट २७ रन बनाए ।

दिल्लीका मुकेश कुमारले २ विकेट लिए ।

जीतसँगै मुम्बईले १३ खेलबाट १६ अङ्क बनाएको छ । दिल्लीको १३ अङ्क मात्र छ । दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स लिग चरणबाट बाहिरिएका छन् ।

पाँच पटकको च्याम्पियन मुम्बई भने प्लेअफ पुग्ने चौथो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स प्लेअफमा पुगिसकेका छन् ।

आईपीएलमा आज गुजरात र लखनउ खेल्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस