रास्वपाले सचिवालय र केन्द्रीय समितिको बैठक बोलायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (१० घण्टा अघि)
  • ३७ पटक पढिएको
रास्वपाले सचिवालय र केन्द्रीय समितिको बैठक बोलायो

जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइको छ ।

सचिवालयको भर्चुअल बैठक शनिबार दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ ।

शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामै राख्ने आदेश सदर गरेपछि उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस