एमालेको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी आज चीन जाने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ जेष्ठ १०, शनिबार (१० घण्टा अघि)
  • ५० पटक पढिएको
एमालेको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी आज चीन जाने

जेठ १०, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाने भएकी छन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली आज साँझ बेइजिङ जान लागेको हो । भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन् ।

चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वउपाध्यक्षसमेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताए । चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक–एक वटा कार्यक्रममा सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस