दाउन्नेमा सडक भत्कियो, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (९ घण्टा अघि)
  • ४७ पटक पढिएको
दाउन्नेमा सडक भत्कियो, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

जेठ १०, पश्चिम नवलपरासी । गएरातिदेखि  परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भत्किएपछि यातायात अवरूद्ध भएको हो ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा केहि दिन अगाडी मात्रै पिच गरिएको सडक वर्षाले उप्किको छ भने सडकको करिव ८ मिटर भाग भत्किएको छ । पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन् । दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस