नेसपा फुटेर आज माओवादी केन्द्रसँग एक हुने

नेसपा फुटेर आज माओवादी केन्द्रसँग एक हुने

जेठ १२, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र)बीच आज पार्टी एकता हुँदै छ । ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार बिहान साढे ११ बजे एकता घोषणा गर्ने कार्यक्रम छ ।

महेन्द्र राय यादवको नेतृत्वमा रहेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले हिजैमात्र केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएर आज पार्टि एकता गर्न लाग्नु भएको हो । हिजो ललितपुरको एकान्तकुनामा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक डाकेर उनले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी आफुलाई संयोजक तोक्ने निर्णय गराएका थियो ।

बैठकले गत ३ चैत्र २०८० मा पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिएको हो । सोही अनुसार आज पार्टि एकता घोषणाको तयारी गरिएको छ ।

पूर्वसहमति अनुसार अध्यक्ष राय यादव पछि हटेपछि श्रेष्ठ २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना लिएर एकतामा अगाडी बढेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस