दुई संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १२, सोमबार (२ दिन अघि)
  • ४३ पटक पढिएको
दुई संसदीय समितिको बैठक बस्दै

जेठ १२, काठमाडौं । संघीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिको बैठक सोमबार बस्दैछ । अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ । बैठक दिउँसो १२ बजेका लागि तय गरिएको छ ।

त्यसअघि बिहान ११ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । उक्त बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस