हिमाली लुलु गाई लोपोन्मुख अवस्थामा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १२, सोमबार (२ दिन अघि)
  • ५३ पटक पढिएको
हिमाली लुलु गाई लोपोन्मुख अवस्थामा

जेठ १२, मुस्ताङ । हिमाली लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको छ । हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पाल्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियाँैदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दै आएको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको बताए ।

मुस्ताङमा दश वर्षअघि १० हजारभन्दा बढी लुुलु गाई रहेकोमा अहिले करिब छ हजारको संख्यामा रहेको उनले बताए । लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरू लोपोन्मुख हुन थालेका हुन् ।

दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान नपुगेको उनको भनाई छ । लुलु गाईले थोरै दूध दिने भएकाले कृषकले बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए ।

लुलु जुरो नभएको स्थानीय जातको गाई हो । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस