दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १२, सोमबार (२ दिन अघि)
  • ४३ पटक पढिएको
दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

जेठ १२, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले नेपाल एसबिआई र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।

नेपाल एसबिआई बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरमा ३ अर्ब रूपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत् र १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदरमा १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ४० करोड रूपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत् र ६० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

यसको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस