रक्त क्यान्सरको प्रकार पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण नेपालमै हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (२ दिन अघि)
  • ५७ पटक पढिएको
रक्त क्यान्सरको प्रकार पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण नेपालमै हुने

जेठ १३, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण शुरु भएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा‍. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण गरिएको जानकारी दिए ।

विगतमा महँगो शुल्क तिरेर परिक्षणका लागि भारत पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । यो परिक्षणका लागि उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको अस्पतालले परिक्षणका लागि १२ हजार लाग्ने जनाएको छ ।

नेपालमा बर्सेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन । रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा. पाण्डेले यसमा रक्त क्यान्सरको टाइप पत्ता लगाउन ढाडबाट मासी निकालेर परीक्षण गरिने बताए ।

अस्पतालले एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण शुरु गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए ।

पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलाई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस