जेठ १३,काठमाडौँ । थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलाको पुलमा भ्वाङ परेर यातायात ठप्प भएपछि यात्रु अलपत्रमा परेका छन् । अझै राजमार्ग सञ्चालनमा आएको छैन् ।
पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।
पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरु पारी नै छन् ।
पुलमा क्षति भएर आवगमन पूर्ण रुपमा रोकिएकाले डाइभर्सनको काम सुरु गरिएको पत्रकार आशिष ठकुरीले जानकारी दिए । उनका अनुसार अहिले डोजर डाइभर्सनको काम सुरु गरिरहेको छ । अझै बैकल्पिक बाटो बन्न कति समय लाग्छ भन्ने यकिन भइनसकेको उनी बताउँछन् ।
सोप्याङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।