सर्वोच्च अदालतमा गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १३, मंगलबार (१ दिन अघि)
  • ६२ पटक पढिएको
सर्वोच्च अदालतमा गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता

जेठ १३,काठमाडौँ । मंगलबार सर्वोच्च अदालतमा गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

उक्त रिटमाथि यसअघि दायर ६५ वर्षे उमेरहद संशोधन नगर्न मागसहितको रिटमा लगाउमा राखेर बुधबार सुनुवाइ हुने बताइएको छ । गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको मागसहित चारवटा मागदाबी गरिएको छ ।

रिटमा विश्वनाथ पौडेललाई गभर्नर सिफारिस र नियुक्ति गर्ने कार्य गैरकानुनी भएको दावी गरिएको छ । डा पौडेललाई म्याच फिक्सिङको शैलीमा नियुक्तिको तय गरी सिफारिस समितिबाट राजीनामा गरी पहिल्यै सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाइइकोसमेत रिटमा जिकिर गरिएको छ । कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभाको सदस्यको उम्मेदवारलाई गभर्नर नियुक्ती गरिएको रिटमा उल्लेख छ ।

साथै गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउनु प्रतिषेध मिश्रित परमादेशको आदेश जारी गर्न माग । मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकाले नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन अन्तरिम आदेश समेतको माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस