यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १३, मंगलबार (१ दिन अघि)
  • ८३ पटक पढिएको
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय

जेठ १३, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्का २८ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई पुनः नियुक्त गरेको छ । यसअघि हुमागाईं आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएका थिए ।

त्यस्तै सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ ।

सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णयका साथै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ ।

यस्तै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरूः

ताजा अपडेट

खोजी गर्नुहोस