भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ८, आईतबार (११ घण्टा अघि)
  • ४८ पटक पढिएको
भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

असार ८, काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्‍याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट बोलाइ उनीहरुलाई बन्दी बनाइएको थियो ।

बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

काशीपुरबाट उद्धार गरिएका ती युवाहरु १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई हप्तादेखि १० महिनासम्म बन्धक थिए । उनीहरुलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस