असार ९, काठमाडौं । नेपालको अग्रणी लक्जरी रिटेलर ‘जे एण्ड को’ले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोर सञ्चालनमा ल्याएको छ ।
जे एण्ड को ले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी (Emporio Armani) प्रस्तुत गर्दै स्विस लक्जरी ब्रान्ड बाली (Bally) लाई नयाँ पहिचानसहित पुनः लन्च गरेको हो ।
स्टोरको उद्घाटन नेपालका ख्यातिप्राप्त उद्योगपति श्री राजेन्द्र खेतान र श्रीमती आइरा झुनझुनवालाद्वारा सम्पन्न गरिएको थियो । राजधानीको मुटुमा अवस्थित यो स्टोरले जे एण्ड को को अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्याइ नेपालको लक्जरी खुद्रा बजारलाई थप सुदृढ गरेको छ । आधुनिक तथा आकर्षक इन्टेरियरसहित, यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव प्रदान गरेको छ ।
“यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,” जे एण्ड को का प्रबन्ध निर्देशक पंकज झुनझुनवाला ले भने, “एम्पोरियो अरमानी ले आफ्नो अद्वितीय शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बाली ले आफ्नो समृद्ध स्विस इतिहासलाई नयाँ डिजाईन दृष्टिकोणसहित फर्किएको छ । हामी यी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा गौरवान्वित छौं ।”
एम्पोरियो अरमानीले नेपालमा पहिलो पटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद, र आधुनिक लुक सहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन आधुनिक र फेसनमा रुचि राख्ने युवापुस्तालाई लक्षित गरिएको छ ।
यस्तै बालीले आफ्नो हस्तकला परम्परा र उत्कृष्टता लिएर नयाँ पहिचानसहित पुनरागमन गरेको छ । जसले परम्परागत स्विस कौशललाई आधुनिक सौन्दर्यसँग जोड्दै नेपालको बजारमा नयाँ युगको संकेत दिएको छ ।
जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारको अग्रणी रिटेलर हो, जसले विश्वका सबैभन्दा प्रतिष्ठित घडी, फेसन, र जीवनशैली ब्रान्डहरूको प्रतिनिधित्व गर्छ । विश्वस्तरीय लक्जरी नेपालमा ल्याउने दृष्टिकोणसहित, जे एण्ड को खुद्रा नवप्रवर्तन, ग्राहक अनुभव, र ब्रान्ड क्युरेसनमा निरन्तर नयाँ मापदण्डहरू कायम गरिरहेको छ ।