यी हुन् भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई दिइएको ९ कार्यादेश

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १०, मंगलबार (१५ घण्टा अघि)
  • ६६ पटक पढिएको
यी हुन् भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई दिइएको ९ कार्यादेश

|जवाफ दिनुहुँदै गृहमन्त्री लेखक काठमाडौँ, ४ चैतः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक रशून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठररासस जवाफ दिनुहुँदै गृहमन्त्री लेखक काठमाडौँ, ४ चैतः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक रशून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठररासस

असार १०, काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरी समितिको कार्यादेशसमेत तोकिदिएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ९ वटा कार्यदेशसहित छानबिन समिति गठन भएको जानकारी दिए ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सहसचिव सदस्य रहने गरी समिति गठनको निर्णय गरेको थियो ।

लेखकले उक्त समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याइ कारबाही अघि बढाइने बताए । उनका अनुसार समितिले तत्कालिन र दीर्घकालिन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको काममा असर नपर्ने गरी समितिले काम गर्नेछ । गृहमन्त्री लेखकले यो समितिको छानबिनबाट भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुने पनि बताए ।

यस्ता छन् ९ कार्यदेश
१- अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण, तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने ।

२- अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरवलोकन आवश्यक भए, सोको मस्यौदा पनि बुझाउने ।

३- अध्यागमन व्यवस्थापनमा विद्यामान संरचनागत, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने ।

४- अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावतमा समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरू बीचका समन्वय र सहकार्यका गर्नुपर्ने सुधार एवम् व्यवस्थाबारेमा सुझाव पेस गर्ने ।

५- अध्यागमन व्यवस्थापन र नागरिकहरूको यात्रा सहजीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेशअनुरूप कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने ।

६- भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूबीचको समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा समस्या हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथामका लागि अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने ।

७- अध्यागमन प्रणालीलाई प्रविधिमैत्री सरल, सहज, छिटो, छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव पेस गर्ने ।

८- विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकायहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने ।

९- अध्यागमनको आवतजावतको अभिलेख राखी सुरक्षित र दुरूस्त राख्न अपनाउनुपर्ने उपायकाबारेमा सुझाव पेस गर्ने ।

ताजा अपडेट

खोजी गर्नुहोस