कारसँगै विष्णुमतीको बाढीमा बगेकी एक युवतीको उद्धार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (११ घण्टा अघि)
  • ५१ पटक पढिएको
कारसँगै विष्णुमतीको बाढीमा बगेकी एक युवतीको उद्धार

असार १२, काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।

गएराति सवा १० बजेतिर ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । चालक सिंह भने तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

तर गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस