‘विनियोजन विधेयक, २०८२’ आज राष्ट्रयसभामा पेस हुने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १२, बिहिबार (१० घण्टा अघि)
  • ४७ पटक पढिएको
‘विनियोजन विधेयक, २०८२’ आज राष्ट्रयसभामा पेस हुने

असार १२, काठमाडौं । संघीय संसद् अन्र्तगत राष्ट्रयसभाको बैठक आज बस्दै छ । दिउसो सवा १ बजे बस्ने बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस