यू-१६ इष्ट जोन कप

उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ २१, शनिबार (१० घण्टा अघि)
  • ५८ पटक पढिएको
उपाधिका लागि आज नेपाल र सिंगापुर भिड्दै

असार २१, काठमाडौं । एसीसी यू-१६ इष्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिंगापुर खेल्दैछ । खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा बिहान ७ः४५ बजे शुरु हुनेछ ।

प्रतियोगिताको सबै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छ । नेपाल घरेलु टोली मलेसियालाई नौ विकेटले हराएर तथा सिंगापुरले हङकङलाई चार विकेटले हराएर फाइनलमा पुगेको हो । सिंगापुर समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

यस्तै आजै नै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस