स्वास्थ्य बीमामा प्रथम सेवा बिन्दुको झन्झट हट्यो, साउनदेखि जुनसुकै सरकारी अस्पतालमा उपचार पाइने

स्वास्थ्य बीमामा प्रथम सेवा बिन्दुको झन्झट हट्यो, साउनदेखि जुनसुकै सरकारी अस्पतालमा उपचार पाइने

असार २१, काठमाडौं । बिमितहरूले देशभरका जुनसुकै प्रथम सेवा बिन्दु अनुमति पाएका अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिन पाउने व्यवस्था साउन १ गतेदेखि लागु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले शुक्रबार सुचना जारी गर्दै अब जुनसुकै अस्पतालबाट पनि यो सेवा लिन पाउने व्यवस्था साउन १ गतेबाट लागु हुने जनाएको हो ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत वैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले आफू रहेकै ठाउँमा प्रथम सेवा बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेको थियो । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको व्यवस्था संशोधन गरेको हो ।

यसअघि विगतमा बीमितहरुले तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यकारी अवस्था थियो । सोही प्रावधानलाई बोर्डले नियमावली संशोधन गरेर देशभरीका अनुमति प्राप्त प्रथम सेवा बिन्दुबाट सेवा लिन सकिने व्यवस्था कायम गरेको हो ।

अब स्वास्थ्य बीमा गरेका बीमितहरुले देशका जुनसुकै सहर तथा जिल्लामा बसोबास गरेपनि आफुलाई पायक पर्ने तथा नजिक रहेका सरकारी अस्पतालबाट स्वास्थ्य बीमा सेवा लिन सक्ने भएका छन् । बोर्डको यस निर्णयले बीमितहरुले स्वास्थ्य बीमा सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस