बैंकमा निक्षेप उच्च छ, लगानीको अवसर आयो: गभर्नर पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २२, आईतबार (९ घण्टा अघि)
  • ४७ पटक पढिएको
बैंकमा निक्षेप उच्च छ, लगानीको अवसर आयो: गभर्नर पौडेल

असार २२,काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलले यति बेला लगानीको अवसर रहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’ लाई सम्बोधन गर्दै उनले अहिले लगानीयोग्य रकम पर्याप्त रहेका कारण लगानीको अवसर रहेको बताए । बैंकमा निक्षेप उच्च र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बेला दिगो र सन्तुलित विकास हुने गरी लगानी अवसर हुने उनको भनाइ छ ।

राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको भन्दै उनले अब वित्त नीतिले नेतृत्व गरी लगानीका क्षेत्र पहिचान गर्नुपर्ने बताए । मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेकोमा उनको जोड छ ।

अहिले पनि ग्रामीण क्षेत्रमा चाहे अनुसार ऋण जान नसकेको भन्दै गभर्नर पौडेलले आउँदो मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस