असार १३,काठमाडौँ । ब्रजिलका प्रशिक्षक टिटेले विश्वकप जिताउने सम्पूर्ण जिम्मेवारी नेइमारलाई दिन नहुने बताएका छन् ।
२६ वर्षीय स्ट्राइकर तीन महिना लामो उपचारपछि विश्वकप अघि मैदान फर्किएका थिए । तर, सुरुवाति दुई खेलमा गरेको प्रदर्शनलाई लिएर उनको आलोचना भएको छ ।
‘उनी उपहारमा आएका खेलाडी हुन् तर, आफ्नो सामान्य स्तरभन्दा बाहिर छन्’ ब्राजिलका प्रशिक्षक टिटेले भनेका छन्, ‘उनी पुनरागमन गर्ने अवस्थामा छन् ।’
पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १(१ को बराबरी खेलेको ब्राजिजले इन्जुरी टाइममा दुई गोल गर्दै क्रोएसियालाई २(० ले नै हराएको थियो । विश्वकपको अघिल्लो चरणमा पुग्न बुधबार सर्बियासँग बराबरी खेले पुग्छ ।
प्रशिक्षक टिटेका अनुसार बुधबारको खेलमा सम्भवत नेइमार आफ्नो र्फममा र्फकनेछन् । तर, उनको बाँधमा सबै जिम्मेवारी दिन नसकिने उनले बताएका छन् ।
‘हामी प्रत्येकको आफ्नो जिम्मेवारी छ । सबै जिम्मेवारी उनको काँधमा राख्न सक्दैनौं’ टिटले भनेका छन्, ‘सिंगो टिमले समाधान गर्छ । हामी यो गर्न सक्छौं ।’
नेइमारले २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमै ब्राजिललाई सफलता दिलाउने अपेक्षा गरिएको थियो । तर, क्वारटफाइनलमा उनी घाइते भए र ब्राजिलले समिफाइनलमा जर्मनीसँग ७(१ को लज्जास्पद हार व्यहोर्यो ।
पेरिस सेन्ट जर्मेनका फवार्ड नेइमार कोष्टारिकाविरुद्ध गोल गरेपछि मैदानमै रोएका थिए ।