सिआईएनले मनायो १० औँ बार्षिकोत्सव, सभामुख महराले भने–’जनताको साथ नछोड्नुस्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १५, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सामुदायिक सूचना नेटवर्कले आफ्नो १० औं बार्षिकोत्सव मनाएको छ ।
बुधबार सिआईएनले आफ्नो स्थापना दिवसमा समुदायको सवाल– सामुदायिक सूचना नेटवर्क भन्ने विषयमा अन्तक्रिया समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महराले सिआईएनलाई जनताको साथ नछोड्न सुझाव दिएका छन । उनले भने–’सिआईएनको मौलिकता र पहिचानमा नेपालीको जिबन छ, त्यो नभुल्नुहोला ।’उनले थपे– ‘गणतन्त्र अझै सैद्धान्तिक रुपमा आईसकेको छैन, राज्यले दिनु पर्ने सुशासनको प्रत्याभूत हुन सकेको छैन , अधिकार जनता सम्म अझै नपुगेकोले तपाईहरुले जनताको अधिकारको लागि आवाज निरन्तर उठाइरहनुस्, उनले सिआईएन न सरकारी न निजी केवल समुदायको आवाज बोल्ने रेडियो नेटवर्क भएकोले कुनै पार्टीको हैन , कुनै व्यक्तिको स्वार्थमा हैन, जनताको भैदिनुस।’

संविधानसभाकी उपसभामुख तथा प्रतिनिधिसभाकी सांसद पुर्णाकुमारी सुवेदीले सिआईएनले दुरदराजका आवाजलाई समेटेर एकैचोटी देशभर प्रसारण गर्दा देशको सम्बृद्धीमा महत्वुपर्ण टेवा पुग्ने बताईन । कांग्रेस नेता जिवन बहादुर शाहीले सिआईएनले सुरु गरेको बुहारी पत्रकारिता,स्वयंमसेवी पत्रकारिता जस्ता अभियानले महत्वुपर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष सुवास खतिवडाले सबै सामुदायिक रेडियोलाई एकै छातामुनी राखेर समुदायको क्षेत्रमा रहेको समस्यालाई उजागर गर्नु नै सिआईनको प्रमुख भुमिका रहेको बताए । उनले स्थानीय समाचारलाई प्राथमिकता राखेर भाषा संरक्षणमा लागेको बताए ।  खतिवडाले भने–’पछाडी परेका समुदायको बिकासका लागी सिआईएनले काम गरिरहेको छ,खासमा समाजमा रहेको विकृती र कुप्रथालाई जरैदेखी उखेल्न हामी लागिरहेका छौँ ।’ उनले सामुदायिक रेडियोको विकासका लागी सरकारले गम्भिर भएर सोच्न सभामुख मार्फत ध्यानाकर्षण गराए ।
.
सोही कार्यक्रममा व्यावसायिक रेडियो भन्दा समुदायको बीचमा रहेको रेडियोले अझै खबरदारी गर्नुपर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले बताए ।

सिआईएनबाट प्रसारण भएका समाचार तथा कार्यक्रम देशैभरका ३ सय ४५ वटा सामुदायिक रेडियोबाट प्रसारण हुने गर्छ । कार्यक्रममा सहभागीहरुले  महिला सशक्तिकरणमा माइक्रोफोनको पावर जस्तै शिक्षामा पनि फड्को मार्न सिआईनले भुमिका निर्वाह गर्नुपर्ने, रेडियोको समाचार सधै सुन्ने बनाउन, सकारात्मक समाचारहरुलाई प्राथमिकतामा राख्न, अब सिआईनले आफ्नै साझेदार रेडियोसंग बलियो सहकार्य गर्न सुझाव दिइएको थियो । आफ्नो ११ औ बार्षिकोत्सवको अबसरमा सिआईनले पत्रपत्रिकाको समाचारलाई १० प्रतिशत मात्रै स्थान दिँदै आफ्नै संवाददाताले तयार पारेको सामाग्रीलाई प्रथामिकता दिन सुरु गरेको छ । सोही अवसरमा सिआईएनले चार पत्रकारलाई सम्मानित गरेको छ ।

सामुदायिक सुचना नेटवर्क सीआईएनको तर्फबाट एक, सामुदायिक रेडियोमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका २ तथा एक जना बुहारी पत्रकार गरि ४ जनालाइ पुरस्कृत गरिएको हो ।

सीआइएनमा कार्यरत शोबिता रिसाल, रेडियो सद्भाव नेपालगञ्जमा कार्यरत प्रिया स्मृती ढकाल, रेडियो अमरगढी डडेलधुरामा कार्यरत ममता भट्ट तथा रेडियो समग्र सिरहामा बुहारी पत्रकारको रुपमा कार्यरत सञ्जु दासलाइ सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उहाँहरुलाई जनही १५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस