प्रधानमन्त्री ओली आज भारत जाँदै, यस्तो छ २ दिने कार्यतालिका

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाँदै छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जान लागेका हुन ।

उनी नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी बिहीबार बेलुकी हुने सपथग्रहण कार्यक्रममा सहभागी हुनुका साथै त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिने रात्री भोजमा पनि सरिक हुनेछन ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार भेटवार्ता हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनेछन ।

ताजा अपडेट

खोजी गर्नुहोस