भाद्र ८, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रूपनारायण श्रेष्ठ चयन भएका छन्।ललितपुरमा आइतबार भएको नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणा सभाबाट श्रेष्ठ अध्यक्ष चयन भएका हुन्।
युनियनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव, उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई, दिपेश यादव छन्।
महासचिव बरूण यादव भएका छन् भने उपमहासचिव नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ, दिनेश दंगाल चयन भएको युनियनले जनाएको छ। सचिवमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजिब गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव, हेमराज थापा छन्।
कोषाध्यक्षमा ओमनारायण महतो चयन भएको युनियनले जनाएको छ।