भाद्र १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाएको भिडियो कन्फरेन्सबारे विवाद भैरहँदा प्रधानमन्त्री सचिवालयले भने भिडियो कन्फरेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको जिकिर गरेको छ ।
मंगलबार प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले सामाजिक सञ्जालमार्फत यसबारे प्रष्ट पार्दै कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी गरेका छन् ।
सोमबार प्रधानमन्त्री ओलीले भिडियो कम्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाएका थिए । यस विषयलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ठु्लै आपतकालीन बैठकजस्तो गरेर अनावश्यक तामझाम देखाएको टिप्पणी गरेका थिए ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकजस्तो अत्यन्तै संवेदनशील विषयमा भिडियो कम्फ्रेन्स गरेर गोपनीयताको र सुरक्षा चुनौतीबारे ख्याल नगरेको आरोप समेत सरकारलाई लाग्यो ।
यद्यपी प्रधानमन्त्री सचिवालयले भिडियो कन्फरेन्समा प्रयोग गरिएको प्रविधिको पूर्ण जानकारी सुरक्षाका कारण दिन नमिल्ने समेत बताएको छ ।
https://www.facebook.com/asgar.ali.esewa.nepal/posts/2785564438140233