एकताकाे बाँकी काममा विलम्ब हुँदैन: प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १३, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । पार्टी एकताले लगभग अन्तिम रुप पाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले १५ महिनापछि दोस्रो अन्तरपार्टी निर्देशन पनि सार्वजनिक गरेको छ।

शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्। हालसम्म भएका सचिवालय बैठकका आधारमा नेकपाले उक्त निर्देशन जारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

निर्देशनमा पार्टीका एक अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले छिटो भन्दा छिटो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने उल्लेख गरिएको छ।

निर्देशनमा पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग र सरकारद्वारा सञ्चालित कार्यक्रमसँग जोड्ने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख छ।

निर्देशनमा सहमतिका आधारमा एकता प्रक्रिया टुंग्याउन थालेपछि त्यो लम्बिएको र त्यससँग सम्बन्धित काम अब छिट्टै सकिने नेकपाको भनाई छ। त्यस्तै निर्देशनमा अध्यक्ष तथा महासचिवको जिम्मेवारी समेत ताेकिएकाे छ।

यता गत साउन ३१ गतेको सचिवालय बैठकले झलनाथ खनाललाई चौथोबाट तेश्रो वरीययताक्रमका वरिष्ठ नेता र माधवकुमार नेपाललाई तेश्रोबाट चौथो वरीयताक्रमको वरिष्ठ नेता कायम हुने निर्णय र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा लैजाने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस