प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट : प्लाज्मा फेरेसिस प्रक्रिया जारी, अवस्था सामान्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १५, आईतबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र १५,काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको नयाँ उपचार प्रक्रिया आगामी बुधबारसम्म जारी रहने भएको छ ।

हालसम्म पाँच पटक सोही प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गरिएको छ । सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न निजी चिकत्सक डा. दिलिप शर्मालाई उधृत गर्दै प्रेस सल्लाहकार अर्यालले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । प्रधानमन्त्री गत भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीको मृगौलासम्बन्धी एण्डीबडीको मात्र केही बढी देखिएपछि दोस्रो चरणको उपचारका लागि सिंगापुर लगिएको थिाये । एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी सिंगापुरमा छन् ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि सोही अस्पतालमा विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस